अमेरिकामा आप्रवासी समस्या चर्कियो, दुई बस आप्रवासी उपराष्ट्रपतिको निवासतर्फ

अमेरिकामा आप्रवासी समस्या चर्कियो, दुई बस आप्रवासी उपराष्ट्रपतिको निवासतर्फ

अमेरिकामा फेरि आप्रवासी सम्बन्धी विवाद चर्किएको छ । उक्त विषयमा डेमोक्रेटिक र रिपब्लिकन पार्टीको मत बाझिएपछि अमेरिकामा असन्तुष्टि चुलिएको छ ।

रिपब्लिकन पार्टीको नेतृत्व रहेको टेक्सस राज्यले उपराष्ट्रपति कमला ह्यारिसको वासिङ्टनस्थित निवासमा दुई वटा बसमा राखेर आप्रवासीलाई पठाइदिएको छ । टेक्ससले अध्यागमन नीति थप कडा बनाउनुपर्ने माग गर्दै आएको छ ।

डेमोक्र्याटहरु अप्रवासीप्रति उदार देखिएपछि रिपब्लिकनको बाहुल्यता भएका राज्यले विपक्षीहरुको राज्यमा आप्रवासीलाई पठाएर सांकेतिक विरोध गर्दै आएका छन् ।

यसबीचमा टेक्सस र एरिजोना जस्ता रिपब्लिकनहरुको बाहुल्यता रहेका राज्यले हजारौं आप्रवासीलाई शिकागो, न्युयोर्क र वासिङ्टन डिसीमा पठाएर विरोध गरिरहेका छन् ।

टिप्पणीहरू