नेपाली सेनाले सहायक सेनानी माग्यो

नेपाली सेनाले सहायक सेनानी माग्यो

नेपाली सेनाले अधिकृत क्याडेट (सहायक सेनानी) का लागि भर्ना खुल्ला गरेको छ । खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ सेनानी पदका लागि दरखास्त आह्वान गरिएको छ ।

सेनाले लोकसेवा आयोगको सहमतिमा खुलातर्फ ११७, महिला २२, आदिवासी र जनजाती ३०, मधेसी २८, दलित १४ र पिछडिएका क्षेत्रतर्फ सात सिट छुट्याएको छ । बाँकी रहेका ११ सिट सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा अशक्त भएका वा ज्यान गुमाएका सेनाका सन्ततिका लागि छुट्याइएको बताइएको छ ।

योग्यता पुगेका इच्छुकले लोकसेवा आयोगले तोकेको एक हजार रुपैयाँ भर्ना शुल्क बुझाएर फारम भर्नुपर्ने सेनाले बताएको छ । आवेदनका लागि मुलुकभरका आठ ठाउँ तोकिएको छ ।

उक्त पदका लागि आजदेखि असोज ३० गतेसम्म दरखास्त दिइसक्नु पर्नेछ ।

टिप्पणीहरू