दोस्रो सेमिफाइनलमा नेपाल र भारत भिड्दै

दोस्रो सेमिफाइनलमा नेपाल र भारत भिड्दै

काठमाडौँमा जारी महिला साफ च्याम्पियनसिपमा आज घरेलु टोली नेपाल र भारतबीच सेमिफाइनल खेल हुँदैछ । अघिल्लो सिजनमा फाइनल खेलेका यी दुई राष्ट्रको सेमिफाइनलमा भेट भएको हो । आजको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजेबाट सुरु हुनेछ ।

भारत अघिल्लो सिजनको बिजेता हो । हालसम्म पाँच पटक फाइनल जितेको भारतलाई हराउँदै आयोजक राष्ट्र नेपाल उपाधीको निम्ति फाइनल पुग्ने लक्ष्यमा देखिन्छ ।

हालसम्मका हरेक संस्करणमा नेपाललाई फाइनल पुग्न या जीत निकाल्न भारत नै बाधक बन्ने गरेको छ । तर बलियो मानिएको भारतलाई आजको खेल त्यति सहज देखिँदैन । भारत महिला साफमा आफ्नो अपराजित उपाधि यात्रालाई कायम राख्ने उद्देश्यका साथ अघि बढेको छ ।

समूह चरणमा अपराजित नेपाल समूह ’बी’ को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । भारत समूह ’ए’ को उपबिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

भारत समूह चरणको एक खेल बंगलादेशसँग हार्न पुगेको थियो । आजै दिउँसो १ बजे भुटान र बंगलादेशबीच पहिलो सेमिफाइनल खेल हुँदैछ ।

टिप्पणीहरू