आज पनि ठूलो वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

आज पनि ठूलो वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

आज देशका केही स्थानमा ठूलो वर्षाको सम्भावना छ । आज बिहानैदेखि गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकाध स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित वर्षा हुने पूर्वमानुमान गरिएको छ ।

भरेराति देशभर बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको अनुुमान छ ।

वर्षाका कारण पहाडी र भिरालो जमिनमा पहिरोको जोखिम रहेको तथा तराइमा डुबान हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

टिप्पणीहरू