रुसी र चिनियाँ राष्ट्रपतिको भेटप्रति अरुको चासो अत्यधिक

रुसी र चिनियाँ राष्ट्रपतिको भेटप्रति अरुको चासो अत्यधिक

रुस र चीनका राष्ट्रपतिबीच हिजो भेटवार्ता भएको छ । उज्बेकिस्तानको राजधानी तासकन्दमा राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच हिजो भएको कुराकानीलाई अमेरिका र पश्चिमा विश्वले निकै चासोका साथ हेरेको छ ।

एसियाली मुलुकका नेताहरुको सांघाई सहयोगको हिजोदेखि शुरु सम्मेलन क्रममा उहाँहरुबीच कुराकानी भएको हो । दुई नेताबीचको कुराकानीको मुख्य अंश युक्रेन युद्ध, रुसको आर्थिक अवस्था,व्यापार र सैन्य सहयोग आदानप्रदानमा केन्द्रित रहेको न्यूयोर्क टाइम्सले लेखेको छ । चीन र रुसबीच दुई पक्षीय सहयोग आदानप्रदानलाई थप मजबुत बनाउने सहमति भएको जनाइएको छ ।

गत फेब्रुअरीमा हिउँदे ओलम्पिकको उद्घाटन समारोहमा बेइजिङमा रुसी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता भएको थियो । त्यतिबेला दुई मुलुकबीच भएको सहमतिमा सहयोग आदानप्रदानमा कुनै सीमा नरहेको विषयलाई अहिले पश्चिमा राष्ट्रहरुले विश्लेषण गरेको बताइएको छ ।

रुसी राष्ट्रपतिले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू