सेनामा पृतनाको पुनर्जन्म,ठाउँ ठाउँमा खटिए जर्नेल-कर्णेल

सेनामा पृतनाको पुनर्जन्म,ठाउँ ठाउँमा खटिए जर्नेल-कर्णेल

नेपाली सेनामा आजदेखि केही सहायक रथी र उपरथीसहित अधिकृतहरुलाई काज नियुक्ति (पदस्थापन) गरिएको छ । जसअनुसार एक बर्षमा पुनर्जन्म पाएको मध्य पूर्वी पृतना हेड क्वार्टरअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा पर्यावरण संरक्षण महानिर्देशनालयका उपरथी प्रेमध्वज अधिकारी,पूर्वी कमाण्ड हेड क्वार्टरका सहायक रथी हेमराज केसी,वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र,पाँचखालका महासेनानी दिलविक्रम सुब्बा,पूर्वी कमाण्ड हेड क्वार्टर,इटहरीका प्रमुख सेनानी राजेन्द्र पराजुली र सेनानी प्रल्हाद थापा तथा सेनानी मोहन क्षेत्री (बस्नेत) लाई मध्यपूर्वी पृतना हेडक्वार्टरमा लगिएको छ ।

त्यसैगरी अरु छ जनालाई सुदूर पश्चिम पृतना हेड क्वार्टरमा पदस्थापन गरिएको छ । जसमा खटिनेमा निरीक्षणाधिकृत (आइजी) विभागका उपरथी होमनाथ दवाडी,पश्चिम कमाण्ड हेड क्वार्टरका सहायक रथी टंकप्रसाद भट्ट र महासेनानी सुवाषजंग थापा छन् । पश्चिम कमाण्ड हेडक्वार्टर (काज,नेपाली सैनिक वार कलेज) का प्रमुख सेनानी रवि खड्का, पश्चिम कमाण्ड हेड क्वार्टरकै सेनानी इन्दिवरसमशेर जंगबहादुर राणा र अर्का सेनानी माधव खड्कालाई पनि सुदूरपश्चिम पृतना हेड क्वार्टरमा लगिएको छ ।

पदस्थापनको क्रममा मध्य पश्चिम पृतना हेडक्वार्टरमा पनि छ जनालाई लगिएको छ । त्यसरी पदस्थापन भएकामध्ये युध्द मद्दति तथा युद्ध सेवा मद्दती फौज विभागका उपरथी यामप्रसाद ढकाल,राष्ट्रिय सेवा दलका सहायक रथी किरण केसी,नम्बर १७ बाहिनी अड्डाका महासेनानी अनुप अधिकारी छन् । मध्य कमाण्ड हेड क्वार्टरका क्रमशः प्रमुख सेनानी अनिल उपाध्याय, सेनानी कृष्णशरण गुरुङ्ग र सेनानी विश्वास थापालाई पनि सोही पृतनाको हेड क्वार्टरमा पदस्थापन गरिएको छ ।

सैनिक कल्याणकारी महानिर्देशनालयका सहायक रथी विजय थापा,उपत्यका कमाण्ड हेडक्वार्टरका सहायक रथी कृष्णप्रसाद सापकोटा र नम्बर १६ बाहिनी अड्डाका महासेनानी सन्तोष कार्कीलाई मध्य पृतना हेड क्वार्टरमा काज नियुक्ति युनिट भनेर पदस्थापन गरिएको छ ।

एक वर्षअघि सैन्य सांगठनिक संरचनाबाट हटाइएको पृतनाको स्वरुप पुनः स्थापना गरेपछि आजदेखि लागु हुनेगरी पदस्थापन गरिएको हो । यसैबीच अब बढुवा हुने उपरथीमा वरिष्ठताको आधारमा विजय थापा र आशबहादुर तामाङ छन् ।

यसैगरी काज नियुक्त हुनु भएका रथी तथा अधिकृतहरुलाई युद्धकार्य विभागसँग आवश्यक समन्वय गरी सम्बन्धित पृतना हेड क्वार्टरमा यथाशीघ्र तैनाथ हुने व्यवस्था गर्न पनि निर्देशन दिइएको छ ।

देहायका रथी तथा अधिकृतहरुलाई आफूले सम्हाल्दै आएको कार्यभार नियमानुसार बुझाउन भनिएको छ । जसमध्ये उपरथी होमनाथ दवाडीले सम्हालेको निरीक्षणाधिकृत विभागको शोध तथा विकास महानिर्देशनालयका महानिर्देशक उपरथी प्रेम शाहलाई बुझ्न भनिएको छ ।

त्यसैगरी महासेनानी दिलविक्रम सुब्बाले सम्हालेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको पश्चिम कमाण्ड हेड क्वार्टरको कार्यभार महासेनानी सुधिरप्रताप सिंहलाई सुम्पिनसमेत निर्देशन दिइएको छ ।

टिप्पणीहरू