चोलेन्द्रको मुद्धा टुंग्याउन सांसदहरु भोलि बिहानै बस्ने

चोलेन्द्रको मुद्धा टुंग्याउन सांसदहरु भोलि बिहानै बस्ने

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाविरुद्ध महाभियोग सिफारिस समितिको बैठक भोलि बिहान ९ बजेलाई बोलाइएको छ । आज चोलेन्द्रले विभिन्न आरोप लगाएका वकिलहरूलाई सोधपुछमा झिकाएको समितिको बैठक भोलि पुन: बस्ने भएको हो ।

सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको सभाहलमा आज अपराह्न पौने चारदेखि साँझ पौने आठ बजेसम्म बैठक बसेको थियो । बैठकले सात जना कानुन व्यवसायीसँग महाभियोग र चोलेन्द्रको आरोपका सम्बन्धमा सोधपुछ गरेको छ ।

नेपाल बारका पूर्वअध्यक्षद्वय चण्डेश्वर श्रेष्ठ,शम्भु थापा,वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल,पूर्णमान शाक्य, रमण श्रेष्ठ,ओमप्रकाश अर्यालबयान दिन समितिको बैठकमा उपस्थित भएका थिए ।

समितिका सदस्य मीन विश्वकर्माले भोलि ०९ बजे बस्ने गरी आजको बैठक सकिएको जानकारी दिए ।

टिप्पणीहरू