अन्तै मन दिएकी ग्रिजादेवीले निदाएका श्रीमानको घाँटी रेटिन्

अन्तै मन दिएकी ग्रिजादेवीले निदाएका श्रीमानको घाँटी रेटिन्

रुपन्देहीको तिलोत्तमामा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । तिलोत्तमा–१५ की ३९ वर्षीया ग्रिजादेवी थारुले ४२ वर्षीय श्रीमान् जगदिश चौधरीको हिजो राति निदाएका बेला घाँटी रेटेर हत्या गरेकी हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार ग्रिजादेवीले घरभित्र खाटमा सुतिरहेका जगदिशलाई फलामको धारिलो हतियारले घाँटी तथा शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेकी थिइन् ।

श्रीमतीको छिमेकी ५२ वर्षका फुलचन्द्र बानियाँसँग अवैध सम्बन्ध रहेको श्रीमानले थाहा पाएपछि उनीहरुको पटक–पटक झगडा हुने गरेको र त्यही निहुँमा हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

केही वर्षअघि श्रीमानले जग्गा बिक्री गरेको र पैसा उठाउन नसकेको रिस पालेकी ग्रिजादेवीले बानियाँसँग सात लाख ऋण सहयोगसमेत लिएकी थिइन् ।जगदिशको हत्या गर्न बानियाँले पनि सघाएको भन्दै प्रहरीले उनलाई पनि पक्राउ गरेको छ ।

टिप्पणीहरू