घरको माथिल्लो तलाबाट खसेकी वृद्धा बितिन्

घरको माथिल्लो तलाबाट खसेकी वृद्धा बितिन्

ललितपुरको लुभुमा घरको दुई तला माथिबाट खसेर एक जना वृद्धाको ज्यान गएको छ । आज बिहान महालक्ष्मी नगरपालिका–८, लुभु टाउनप्लानिङ बस्ने ६६ वर्षीया सन्तुमाया श्रेष्ठको आफ्नै घरको दुई तल माथिबाट खसेर मृत्यु भएको हो ।

दुई तला माथिबाट खसेपछि श्रेष्ठ गम्भीर घाइते भएकी र उनलाई उपचारको लागि किष्ट अस्पताल लगिएकोमा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू