बेलायतमा जागिर लगाइदिने भन्दै लाखौं ठगी

बेलायतमा जागिर लगाइदिने भन्दै लाखौं ठगी

आकर्षक तलबमा बेलायत पठाइदिन्छु भन्दै प्रलाेभनमा पारी लाखौं ठगी गर्ने एक जना पक्राउ परेका छन् । सोलुखुम्बु दूधकोशी गाउँपालिका-२ स्थायी ठेगाना भई हाल काठमाडौं कागेश्वरी मनोहरा बस्दै आएका ४३ वर्षीय बालकृष्ण कार्की ठगी मुद्दामा पक्राउ परेका हुन् ।

उनले पीडित लमहु शेर्पालगायतलाई कामदार भीसामा बेलायत पठाइदिने विश्वासमा पारी १३ लाख ४६ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले कार्कीलाई आज धुम्बाराहीबाट नियन्त्रणमा लिई अनुसन्धान तथा कारवाहीको निम्ति वैदेशिक रोजगार विभाग बुद्दनगर पठाएको छ ।

टिप्पणीहरू