पारससँगै दुई भारतीय लागूपदार्थसहित वीरगंजमा समातिए

पारससँगै दुई भारतीय लागूपदार्थसहित वीरगंजमा समातिए

पर्सामा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका-११ का ३७ वर्षीय पारस महतो, भारत विहार घर भएका १९ वर्षीय कृष्ण पासवान र अर्का १९ वर्षीय आषिस पासवानलाई प्रहरीले लागूपदार्थसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेकाे वीआर ०५ एबी ५३१९ नम्बरको मोटरसाइकल वीरगञ्ज-१७ अलौमा रोकी चेकजाँच गर्दा उनीहरुले सेतो झोलाभित्र लुकाइ राखेको डाईजेपाम २५० एम्पुल, नुर्फिन २५० एम्पुल, फेनारगन २५० एम्पुल गरी जम्मा ७५० एम्पुल फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यलय पर्साका नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

तीनै जनालाई नियन्त्रणमा लिएर लागूऔषध कसूरमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू