अधवैंशे पुरुषको झोलाभरि एम्पुल

अधवैंशे पुरुषको झोलाभरि एम्पुल

अवैध लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका, ३ आदर्शनगर पानीट्याङ्कीस्थित सडक खण्डबाट एम्पुलसहित आज उनलाई प्रहरीले पक्राउ गरेको हो ।

शंकास्पद रुपमा हिंडिरहेका सोही ठाउँका ओजिर अन्सारीलाई प्रहरीले चेकजाँच गरेको थियो । सोही अवस्थामा उनको साथमा ३३ सय एम्पुल फेला परेको पर्साका डिएसपी दिपक गिरीले जानकारी दिए ।

उनले झोलामा लुकाइछिपाई ल्याइएको नुफिन ११ सय एम्पुल, डाइजेपाम ११ सय एम्पुल र फेनारगन ११ सय एम्पुल बरामद गरिएको छ । पक्राउ परेका ३१ वर्षीय अन्सारीमाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको डिएसपी गिरीले बताए ।

टिप्पणीहरू