लुजडाउन कहिलेसम्म लम्बिने ?

लुजडाउन कहिलेसम्म लम्बिने ?

आजदेखि राजधानी उपत्यकासहित कोरोनाको न्यूनप्रभावित विभिन्न शहरको हकमा खुकुलो भएको लकडाउन अब ५ चरण गर्दै क्रमशः सहज बनाउने नीति सरकारले लिएको छ ।

नेपाली सेनाले गरेको अध्ययन र दिएको सुझावमा लकडाउन खुकुलो पार्दै क्रमशः देशलाई लकडाउनमुक्त बनाउने ६ चरणका विधिमाथि संशोधन गर्दै सरकारले ५ चरणलाई अनुमोदन गरेको हो ।

पहिलो चरण खुकुलो पारिएको लकडाउन कति समय जान्छ भन्ने कुरा संक्रमणको रफ्तार, नियन्त्रण र रोकथामसँग सम्बन्धित रहने छ । र, त्यसपछि मात्रै लकडाउनले दोस्रो चरणमा प्रवेश पाउने छ ।

सामान्यतया एउटा चरणको लकडाउन आधी महिनाको भयो भने अबको तीन महिनापछि, अर्थात् भदौ अन्त्यदेखि देश लकडाउनमुक्त हुन्छ ।

त्यो भनेको दशैं–तिहारको मुख हो ।

पहिलो चरणमा निजी सवारी साधनहरुलाई जोर–विजोर प्रणालीमा,यात्रु संख्या तोकेर चलाउन दिइएको छ । दोस्रो चरणदेखि यात्रु संख्या थपिन्छ । तर,जोर–विजोर कायम रहने सरकारीस्रोतले जनाएको छ ।

तेस्रो चरणदेखि मात्रै जोर–विजोर प्रणाली हटाइने भएको हो ।

तर, नेपालबाट विदेश जाने चार्टर्ड जहाजहरु गइरहेका छन् । खासगरी जापानले त्यस्तो उडानलाई नियमित बनाएको छ । कोरियाले पनि उडान क्रमलाई बढाएको छ ।

टिप्पणीहरू