सम्पत्ति शुद्धिकरणले कसैलाई नछाड्ने, मलेसियाका पूर्वप्रधानमन्त्रीले १२ वर्ष जेल बस्नुपर्ने

सम्पत्ति शुद्धिकरणले कसैलाई नछाड्ने, मलेसियाका पूर्वप्रधानमन्त्रीले १२ वर्ष जेल बस्नुपर्ने

विश्वव्यापी रुपमा गैरकानुनी रुपमा आर्जिक सम्पत्तिको जालो तोड्न विभिन्न प्रयास भएका छन् । नेपालमा पनि सम्पत्ति शुद्धिकरण सम्बन्धी कानुनमा पर्सिसम्म संशोधन नभए मुलुक आगामी अक्टोबरदेखि अन्तर्राष्ट्रिय कारोबारमा कालोसूचीमा पर्ने छ ।

नेपालबाट सँधै डलर विदेशमा ओसार्ने तर यता कडौं नल्याउने केही व्यापारीहरु सम्पत्ति शुद्धिकरण सम्बन्धी कसिलो प्रावधानलाई रोक्न पुनः ज्यान फालेर लागेका छन् । यो कार्यमा डलर अर्बपति विनोद चौधरीमाथि आरोप लागेको छ ।

उता मलेसियाका प्रधानमन्त्री नजिब रजाकलाई गैरकानुनी सम्पत्ति जोडेको आरोपमा १२ वर्षे जेल जीवनको सजाय सुनाइएको छ । चार दशकभन्दा बढी सार्वजनिक जीवनका विभिन्न ओहोदामा रहँदा रजाकले करोडौं डलर विदेश पुर्याएको प्रमाणित भएको छ । सोही आरोपमा उनकी खर्चालु र ‘लक्जरी लभिङ वाइफ’ रस्मा मन्सुरलाई पनि १० वर्षको कारावास सजाय सुनाइएको छ ।

उनलाई विदेशी मुद्रा डकैती गरेको आरोपमा २१ करोड ६० लाख अमेरिकी डलर जरिवाना समेत सुनाइएको छ । सन् २०१६ मा अमेरिकी न्याय मन्त्रालयले गरेको अनुसन्धानमा तत्कालीन प्रधानमन्त्री नाजिबले सरकारी लगानी कोषबाट ७३ करोड १० लाख अमेरिकी डलर आफ्नो खातामा सारेका थिए । त्यतिबेला उक्त कोषको रकमध्ये चार अर्ब ५० करोड अमेरिकी डलर हराएको थियो ।

टिप्पणीहरू