आज १२६ जना संक्रमित थपिए, १३७ जना निको

आज १२६ जना संक्रमित थपिए, १३७ जना निको

पछिल्लो २४ घण्टामा देशभर १२६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ सय ७४ जनामा गरिएको पीसीआर परीक्षणमा ७५ र २१ सय १६ जनामा गरिएको एन्टीजेन परीक्षणमा ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा १३७ जना कोरोना संक्रमणबाट निको भएका छन् । हाल देशभर दुई हजार १२९ जना सक्रिय संक्रिमत रहेका छन् । सो अवधिमा कोरोनाका कारण कसैको ज्यान गएको छैन ।

टिप्पणीहरू