बोलेर मात्र हुन्छ र मान्यज्यू ?

बोलेर मात्र हुन्छ र मान्यज्यू ?

संसदमा जति तर्कसङ्गत बोले पनि जनताले खोज्दा नभेटिने भएपछि सांसद कहाँ काम लाग्छ ?

अहिले यस्तै भएका छन्, कांग्रेस सांसद गगन थापा ।

उनलाई काठमाडौं क्षेत्र नं. ४ का बासिन्दाले नभेटेर हैरान छ ।

स्वास्थ्यमन्त्री पनि भइसकेका उनले पहिल्यैदेखि बूढानीलकण्ठ नगरपालिकाअन्तर्गत एउटा नगर अस्पताल बनाउन योगदान दिन्छु भन्दै आएका थिए ।

नगरपालिकाले योजना अगाडि बढायो । तर, गगन पछाडि हटे ।

संसदमा उभिएर प्रधानमन्त्रीलाई कोरोनाको पाठ सिकाउने गरेका गगन आफैँ आफ्नो क्षेत्रमा अस्पताल बनाउने कुरासँग भागिरहनुलाई स्थानीयवासीले अचम्मका रुपमा लिएका छन् ।

साँसदहरुले पाउँदै आएको पूर्वाधार विकास कोषको रकम हटाउनु पर्ने भन्दै उनले स्केल, टन र पिच मिलाएर रेडियोको कार्यकम प्रस्तोताको झल्को दिने गरी माग गरे ।

कोरोनाको हवाला दिँदै उनले सांसद वडाध्यक्ष भन्दा पनि कमजोर भएको बताए ।

यसो भन्दा धेरैले ताली पनि पिटे ।

तर, दुईपटक निर्वाचित र एकपटक समानुपातिक गरी करिव १० वर्ष काठमाडौं क्षेत्र नं ४ को प्रतिनिधित्व गरेका उनले सांसद विकास कोषमार्फतका योजना भन्दै पुस्तिका छापे ।

तर, संसदमा बोल्न पुग्दा यो कुरा बिर्सिए ।

०७४ को चुनाव जितेका गगनले त्यसयता आफ्नो क्षेत्रमा खासै देखिने कुनै काम गर्न सकेका छैनन् ।

स्वास्थ्य मन्त्री भइसकेको भन्दै प्रधानमन्त्रीलाई अर्ति दिने उनले आफ्नो क्षेत्रका जनतालाई कुनै पनि सहयोग गरेनन् ।

यस्तो गुनासो बढेपछि एउटा वडा कार्यालयलाई एक थान थर्मल गन दिए ।

कुनै एक संस्थाको पहलमा कपनमा बसेका रोहिंंग्या शरणार्थी बस्तीमा राहत वितरण गरे ।

योबाहेक कतै देखिएनन् ।

पछिल्लो समय बूढानीलकण्ठ स्वास्थ्य शाखाका प्रमुखलाई प्रयोग गरी आफ्नो नाम प्रचार गराउन सक्रिय भए ।

स्वास्थ्य मन्त्री हुँदा नै बनाउने भनिएको बूढानीलकण्ठ नगर अस्पतालको निर्माणमा असफल हुनुमा उनी नै कारक छन् ।

वडा नं ८ मा बनाउने भनेर केही पूर्वाधार खडा गराए । पछि पहिरोले असर गर्यो ।

जमिन कच्चा छ भन्दै सो अस्पतालं वडा नं. १० मा बनाउने भन्न थाले । त्यसका लागि आफैँले विरोध गरिरहेको स्थानीय पूर्वाधार कोष बाट २ करोड रकम छुट्टयाएका थिए ।

तर, अहिले आफैँले बूढानीलकण्ठ नगरपालिकालाई पत्र नै लेखेर उक्त रकम अन्य योजनामा सार्न भनेका छन् ।

उनको पत्र प्राप्त भएसँंगै नगर अस्पताल बन्ने कुरा अनिश्चित भएको छ ।

गगन उक्त नगर अस्पताल आफ्ना विश्वासिला प्रदेश सांसद न्हुच्छेनारायण श्रेष्ठको वसोवास भएको ठाउँमा बनाउन चाहन्थे । तर, नगरपालिकाले जनताको हित हुने ठाउँमा बनाउने बताउदै आएको थियो ।

तर, गगनले मानेनन् ।

अहिले नगरपालिकाले आफ्नै स्रोतमा अस्पताल बनाउने तयारी शुरु गरेको छ ।

आफ्नो आधा महिनाको तलव बूढानीलकण्ठ नगरपालिकाको विपद कोषमा दिएका उनले निर्वाचन क्षेत्रको असफलता छोप्न सांसद कोषको विरोध गरेको कम्तिमा उनको निर्वाचन क्षेत्रका जनताले बुझेको एक वडा अध्यक्षले बताए ।

टिप्पणीहरू