बोलाइएका सबै अनुपस्थित, महाभियाेग सिफारिस समितिको बैठक स्थगित

बोलाइएका सबै अनुपस्थित, महाभियाेग सिफारिस समितिको बैठक स्थगित

महाअभियोग सिफारिस समितिको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

बिहान बोलाइएको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले यसअघि बयान दिने क्रममा मुछिएका बहालवाला र पूर्वन्यायाधीश तथा वकिलहरूलाई बयानका लागि बोलाइएको थियो । तर, कोही पनि उपस्थित नभएपछि बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरूले महाअभियोग सिफारिस समितिको बैठकमा उपस्थित नहुने बताइसकेका छन् ।

त्यसैगरी पूर्वप्रधानन्यायाधीश हरिप्रसाद शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्कीलगायतले पनि समिति बैठकमा बयानका लागि उपस्थित नहुने घोषणा गरेका छन् । सोही कारण अबको बैठक सञ्चालनबारे थप गृहकार्य गर्न समिति बैठक पर सारिएको एक सदस्यले जानकारी दिए ।

हिजो बसेको समिति बैठकले बयानको क्रममा लिइएका नामहरूमध्ये राजनीतिज्ञबाहेक न्यायाधीश र वकिललाई समितिमा बोलाएर सोधपुछ गर्ने निर्णय गरेको थियो ।

टिप्पणीहरू