सरिताले कसलाई बाँकी राखिन् र सिध्याउन

सरिताले कसलाई बाँकी राखिन् र सिध्याउन

आफूलाई मन लागेपछि जे पनि बोल्ने र गर्ने स्वभावकी सरितालाई उनको सुझावले छोएन । अन्ततः उनले खारेजीको लागि संशोधन प्रस्ताव दर्ता गराइछाडिन् । स्रोतको दाबीअनुसार ‘उनी सँधै बहुलठ्ठीपनमा रमाउने फरकधारकी महिला हुन् ।’

संसदमा संविधानको अनुसूची संशोधनको प्रस्ताव सर्वसम्मतिले छलफल शुरु हुने क्रममा छ । तर, आफ्नै पार्टी समाजवादीले समेत सर्वसम्मति जनाउँदा सरिता गिरीले उक्त प्रस्ताव खारेजीको माग गर्दै छुट्टै प्रस्ताव दर्ता गरिदिइन् । नेपालको सार्वभौम संसदको लोगो भिरेर  भारतको वकालत गर्दै आएकी गिरीले यसपटक संसदभित्रै आफूलाई विवादास्पद भारतीय पत्रकार अरनब गोस्वामीको संस्करणमा प्रस्तुत गरेकी छन् ।

पछिल्लो केहि दिनदेखि सरिताको सर्वत्र चर्को बिरोध भएको छ । समाजवादी दलले गिरीलाई खारेजीको प्रस्ताव फिर्ता लिन आग्रह गर्दै अन्यथा कारबाही गर्ने चेतावनी दिएको छ । आखिर राष्ट्रिय अखण्डता र स्वाधितनताको विषयमा एउटी सांसदले खुलमखुल्ला आफूलाई किन बिरोधमा उभ्याइरहेकी छिन् ? साँच्चि नै उनी को हुन् र उनको विगत के थियो ? जस्ता विषयमा धेरैले जिज्ञासा राखेको पाइएको छ ।

लामो समयदेखि मधेशवादी राजनीतिसँग नजिक रहेकाहरू भन्छन्– ‘सरिता गिरीको स्वभाव पहिलेदेखि नै अमूर्त थियो’ । उनी कहिल्यै पनि मूलधारमा बस्न नसक्ने र मूलविषयलाई नसमात्ने प्रवृत्तिकी हुन् । नाम नबताउने शर्तमा ती राजनीतिज्ञ भन्छन् ‘एकदमै चञ्चल र अस्थिर स्वभाव अनि आफ्नो राय वा कुतर्कको सामुन्ने अरु कसैलाई पनि नगन्ने प्रवृत्तिकी अलि अलि अर्ध हुन् ।’

सरिता गिरीले हालैका दिनमा देखाएको मुलुकको राष्ट्रिय अखण्डता र स्वाधिनता विरोधी प्रवृत्ति भारतीय दूतावास वा संस्थापन पक्षको दानापानीको उपज भन्नेहरू धेरै छन् । तर, दूतावास स्रोतसँग निकै नजिकको सम्बन्ध भएका एकजना विश्लेषक उक्त निचोड फरक रहेको बताउँछन् । दूतावासको निश्कर्ष छ– ‘यतिखेर उनी आफूखुशी मनपरी बोलिरहेकी छिन् भने हामीलाई के बितेको छ र उनलाई थप डुस हाल्न ! बोलिरहुन् । उनले साँच्चि नै सीमा नाघेर बोलेको हो भने सांसदको बोलीको सीमा देखाउने हामी होइनौं क्यार !’

केही समयदेखि उपेन्द्र यादवसँग पनि उनको दूरी निकै बढेको छ । पार्टीभित्र रेणु यादव र गिरीबीच चलेको प्रतिस्पर्धा नै यसको कारण हो । उपेन्द्रले आफूलाई मात्र महत्व दिनुपर्ने भन्नेमा रेणु र गिरीबीच हानाथाप र प्रतिस्पर्धा नै हुने गरेको छ । उपेन्द्र पछिल्लो पटक स्वास्थ्यमन्त्री हुँदा सरितासँगको दूरी सबैभन्दा टाढा भएको थियो । आफूहरूबीचको फाटोले गिरीले कुनैपनि बेला राजीनामा दिनसक्ने अड्कलमा उपेन्द्र थिए । त्यसैले राजीनामा टार्नको लागि उनले गिरीलाई संसदीय दलको उपनेता नै बनाउनुपर्यो । तर, के गर्नु ‘कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रोमा हालेपनि बाँगो’ भनेझैँ यिनले पार्टीभित्र झन् रडाको मच्चाउन थालिन् ।

‘पार्टिभित्र यिनले जस्तोसुकै महत्वपूर्ण विषयमाथि छलफल हुँदासमेत स्वतन्त्र मत राख्ने गर्छिन्’ समाजवादी दलका एकजना नेताको टिप्पणी । गिरीको विगतलाई राम्रैसँग चिनेका उपेन्द्र यादवले अस्ति उनलाईं संसदमा संविधान संशोधनको लागि सरकारले गरेको प्रस्तावबिरुद्ध अर्को प्रस्ताव दर्ता नगर्न राम्रैसँग सुझाएका थिए । तर, आफूलाई मन लागेपछि जे पनि बोल्ने र गर्ने स्वभावकी सरितालाई उनको सुझावले छोएन । अन्ततः उनले खारेजीको लागि संशोधन प्रस्ताव दर्ता गराइछाडिन् । स्रोतको दाबीअनुसार ‘उनी सँधै बहुलठ्ठीपनमा रमाउने फरकधारकी महिला हुन् ।’

पार्टीभित्रको राजनीतिमा मात्र होइन यिनको पारिवारिक र व्यक्तिगत जीवनमा पनि चम्किलोपन देखिन छाडेको धेरै भएको छ । पेशाले इञ्जिनियर श्रीमान् लक्ष्मण गिरीसँगको सम्बन्ध पछिल्ला दिनमा नसोचेको खराब अवस्थामा पुगेको थियो । राम्रो हुँदा सबै जायजेथा लक्ष्मणले सरिताको नाममा राखिदिएका थिए । तर, सम्बन्ध खराब हुँदै गएपछि उनले काठमाडौंको विशालनगर एरियामा रहेकोलगायतका लक्ष्मणको घरजग्गा एक्लौटी तरिकाले सिध्याइदिइन् । दुःखले आर्जेको घरजग्गा र सम्पत्ति श्रीमतीले उडाइदिएको र सम्बन्ध पनि सुमधुर नभएपछि विरक्तिएका लक्ष्मण अन्ततः पारपाचुके गर्न बाध्य भए ।

लक्ष्मणलाई नजिकबाट चिन्नेहरू भन्छन्–‘उनी कसैसँग तुलना नै गर्न नमिल्ने निकै असल र भलाद्मी मान्छे थिए । सरिताको आनिबानी र श्रीसम्पत्ति सबै स्वाहा भएपछि चिन्ताले रक्सीको सहारा लिए । अत्यधिक रक्सी सेवनपछि लिभर सिरोसिसका कारण लक्ष्मणको निधन भयो ।’

जागिरबाट अवकाश भएपछिका दिनमा इञ्जिनियर गिरीको हालत दयनीय बनेको थियो । त्यो ताका उनको साथमा न औषधी खाने पैसा हुन्थ्यो न, भात खाने । उनी नेपाली काँग्रेसका वौद्धिक नेता तथा सांसद प्रदिप गिरीका आफ्नै भाइ हुन् । दुई छोरीहरू बिहेवारी गरेर जर्मनीतिरै बस्छन् । यता, आमा एक्लै बस्छिन् ।

सरिताको आनिबानी र श्रीसम्पत्ति सबै स्वाहा भएपछि चिन्ताले रक्सीको सहारा लिए । अत्यधिक रक्सी सेवनपछि लिभर सिरोसिसका कारण लक्ष्मणको निधन भयो ।’

टिप्पणीहरू