चोरी मुद्दाका फरार प्रतिवादी तीन महिनापछि समातिए

चोरी मुद्दाका फरार प्रतिवादी तीन महिनापछि समातिए

चोरी मुद्दाका फरार प्रतिवादी तीन महिनापछि समातिएका छन् । पर्वतको कुश्मा नगरपलिका–३ बस्ने १९ वर्षीय आशिक सुनार चोरी मुद्दामा पक्राउ परेका हुन् । उनले गत जेठ २५ गते सोही नगरपालिका–७ स्थित होटल बृज भ्युबाट एक लाख ८० हजार रुपैयाँ नगद र एक थान लेनोभो कम्पनीकोे ट्याब्लेट चोरी गरेका थिए ।

चोरीपछि फरार उनलाई प्रहरीले अस्ति नियन्त्रणमा लिएको हो । उनीविरुद्ध पर्वत जिल्ला अदालतबाट चोरी मुद्दामा आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू