नर्भिकको बृहत निःशुल्क स्वास्थ्य शिविर कमलपोखरीमा

नर्भिकको बृहत निःशुल्क स्वास्थ्य शिविर कमलपोखरीमा

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले बृहत स्वास्थ्य शिविरको आयोजना गर्नेभएको छ । अस्पतालले आगामी शनिबारका दिन काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बृहत र निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो ।

बिहान साढे ९ बजेदखि साढे १ बजेसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति, ग्यास्ट्रिक, हाडजोर्नी र जनरल फिजिसियन सम्बन्धी विशेषज्ञ सेवा निःशुल्क प्रदान गरिने बताइएको छ ।

शिविरमा ईसीजी, सुगर, भाइटल्सलगायतका निःशुल्क परामर्श सेवासमेत उपलब्ध जानकारी दिइएको छ । स्वास्थ्य शिविरमा सहभागी हुन चाहनेका लागि अग्रिम नाम दर्ताको
व्यवस्था समेत गरेको छ । त्यसका लागि इच्छुकले ०१५९७००३२ मा सम्पर्क गरी आफ्नो वा शिविरमा सहभागी हुन चाहनेको नाम अग्रिम दर्ता गराउन सक्नेछन् ।

टिप्पणीहरू