भारतमा छिमेकका नेताहरुको ओइरो

भारतमा छिमेकका नेताहरुको ओइरो

भारतमा छिमेकी मुलुकका नेताहरुको भ्रमणले गति लिएको छ । अघिल्लो महिना माल्दिभ्सका राष्ट्रपति, अघिल्लो साता बंगलादेशकी प्रधानमन्त्रीको भारत भ्रमणपछि भुटानका नरेश अहिले नयाँ दिल्लीको भ्रमणमा छन् ।

भुटान नरेश जिग्मे खेसर नामग्याल वाङ्चुकसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो नयाँ दिल्लीमा भेटवार्ता गरेका छन् ।

भारतीय प्रधानमन्त्री कार्यालयका अनुसार भेटमा प्रधानमन्त्री मोदीले भारत र भुटानबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन ड्रुक ग्याल्पोसले प्रदान गरेको मार्गदर्शी दृष्टिकोणको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

आफ्नो ट्वीटमा प्रधानमन्त्री मोदीले भनेका छन्, ‘भुटानका राजासँग न्यानो भेट भयो । घनिष्ठ र अद्वितीय भारत–भुटान मित्रतालाई अझ सुदृढ पार्न विभिन्न विचार र छलफल गरियो । ड्रुक ग्याल्पोसद्वारा प्रदान गरिएको मार्गदर्शनको म प्रशंसक हुँ । यसले हाम्रो सम्बन्धलाई आकार दिनेछ ।’

भुटानले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन फ्रेमवर्क सम्झौता अनुमोदन गरेको एक दिनपछि नयाँ दिल्लीमा राजा र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो ।

टिप्पणीहरू