१५ वर्षीय किशोरीलाई बलात्कार गरी भागेका युवक पक्राउ

१५ वर्षीय किशोरीलाई बलात्कार गरी भागेका युवक पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी समातिएका छन् । टोखा नगरपालिका-१ बानियाँटार बस्ने २१ वर्षीय राजेश मगर जबरजस्ती करणी मुद्दामा पक्राउ परेका हुन् ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी उनी फरार भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर आज कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर ललितपुर पठाएको हो ।

टिप्पणीहरू