सेनाभित्रका सूचना

सेनाभित्रका सूचना

हालै बढुवा भएका सेनाका सहायक रथीहरू विविध कारणले अधिकांश विदेशमा अड्किएका छन् । यसबीच केही अधिकृतहरूको जिम्मेवारी हेरफेरदेखि बढुवाको प्रक्रिया पनि अघि बढाइएको छ । प्रधानसेनापतिका सैनिक सहायक प्रेम शाही यतिखेर नीतिमा पुगेका छन् । उनलाई दुई तारे जर्नेलमा बढुवा गरिदैछ ।

रघु भण्डारीलाई पृतनापति नबनाइएको विषय यतिखेर सेनाभित्र ठूलै चर्चाको विषय बन्ने गरेको छ । श्रीमती संघको आजीवन सचिव रहेकी श्रीमतीको जोरबल चल्दा पनि राजेन्द्र कार्की तीन तारे जर्नेलमा बढुवा हुन सकेनन् । उनी केही समयअगाडि राष्ट्रपतिको सुरक्षासमूहबाट फिर्ता भएका थिए ।

सिरियास्थित शान्ति सेनाको फोर्स कमाण्डर सम्हाल्न उड्ने तरखरमा रहेका ईश्वर हमाल लकडाउनको कारण यतै रोकिएका छन् । तर,उनको तीन तारे जर्नेलमा बढुवाको प्रस्ताव भने यतिखेर रक्षा मन्त्रालय पुगेको छ । हालका सेनापति पूर्णचन्द्र थापा पहिले बिदेशको यही जिम्मेवारीमा थिए ।

इश्वर तीनतारेकै हैसियतमा युएनको ड्युटीमा रहे भने सेनाका दुईमध्ये एक तीन तारे प्रभुराम शर्माले बलाध्यक्ष् र बलाधिकृत रोजेर एउटा बिभाग कुनै दुई तारेलाई दिने पनि हुनसक्छ ।

उता हाल आर्थिक अपचलननिम्ति थुनामा रहेका जर्नेल प्रयोगजङ्ग राणा करोडौं जरिवाना तिरेर पनि जागिर जोगाउन नसक्ने स्थितिमा पुगेको बताइन्छ ।

टिप्पणीहरू