आज कोरोनाका संक्रमित कम, निको हुने धेरै

आज कोरोनाका संक्रमित कम, निको हुने धेरै

पछिल्लो २४ घण्टामा देशभर ११९ जना कोरोना संक्रमित थपिएका छन् । चार हजार ८४ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्यामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ सय ५५ जनामा गरिएकाे पीसीआर परीक्षणमा ८९ र २१ सय २९ जनामा गरिएकाे एन्टीजेन परीक्षणमा ३० जनामा संक्रमण पुष्टि भएकाे हाे ।

सो अवधिमा १३० जना कोरोना संक्रमणबाट निको भएका छन् । हाल देशभर दुई हजार १९१ जना सक्रिय संक्रिमत रहेका छन् । सो अवधिमा कोरोनाका कारण कसैको ज्यान गएको छैन ।

टिप्पणीहरू