२० वर्षे केटोद्वारा सिसौ घारीमा अधबैंशे महिला बलात्कृत

२० वर्षे केटोद्वारा सिसौ घारीमा अधबैंशे महिला बलात्कृत

झापामा एक अधबैंशे महिलालाई सिसौ घारीमा पुर्याएर बलत्कार गरिएको छ । ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

बिर्तामोड नगरपालिका २ बस्ने २० वर्षीय डम्बर तिम्सिनालाई प्रहरीेले नियन्त्रणमा लिएको छ । उनले दमकतर्फ जाँदै गरेकी ती महिलालाई सिसौ घारीमा पुर्याएर जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।

प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू