सिनियर प्लम्बरविरुद्ध भ्रष्टाचार मुद्दा, ५ हजार बिगो दाबी

सिनियर प्लम्बरविरुद्ध भ्रष्टाचार मुद्दा, ५ हजार बिगो दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका खानेपानी लिमिटेडका शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । खुलालले सेवाग्राहीसँग पाँच हजार रुपैयाँ घुल लिएको पुष्टि भएपछि आज अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरी परेपछि अख्तियारले खुलाललाई सेवाग्राहीबाट पाँच हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत साउन ३१ गते नियन्त्रणमा लिएको थियो ।

आज दायर गरिएको मुद्दामा खुलालसँग पाँच हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

टिप्पणीहरू