रुसी र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता हुने

रुसी र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता हुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच यो साता भेटवार्ता हुने भएको छ । छिमेकी मुलुक उज्बेकिस्तानमा हुन लागेको एसियाली मुलुकका नेताहरुको शिखर सम्मेलनमा उहाँहरुबीच भेट हुने न्यूयोर्क टाइम्सको समाचारमा उल्लेख छ ।

अमेरिकी अधिकारीहरुले रुसको निम्ति यतिखेर चीन ‘लाइफलाइन’ बनेकाले पनि पुटिनले सिसँग भेट्नैपर्ने अवस्था बनेको विश्लेषण गरेका छन् । युक्रेन युध्दपछि अमेरिका र पश्चिमा राष्ट्रहरुले लगाएको नाकाबन्दीबाट जोगिन रुसले आफ्ना उत्पादन चीनलाई बेच्दै आएको छ ।

अर्कोतर्फ अमेरिका र चीनबीच बढ्दै गएको पछिल्लो ताइवान तनावमा रुसले चीनको पूर्ण समर्थन गरेको छ । तर चीनले विश्वको पछिल्लो अवस्थालाई विश्लेषण गर्दै रुससँगको सम्बन्धलाई निकै चनाखोका साथ कायम राख्ने नीति अपनाएको पश्चिमाहरुको बुझाइ छ ।

उज्बेकिस्तानमा रुसी राष्ट्रपति पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको न्यूयोर्क टाइम्सले जनाएको छ । मोदीसँग पुटिनले द्विपक्षीय व्यापार र खाद्य पदार्थ आपूर्तिको बारेमा छलफल गर्ने अनुमान गरिएको छ ।

टिप्पणीहरू