भारतीय नीति : रुससँग सस्तो तेल किन्ने,युक्रेनलाई औषधि पठाउने

भारतीय नीति : रुससँग सस्तो तेल किन्ने,युक्रेनलाई औषधि पठाउने

भारतले युध्दग्रस्त युक्रेनमा औषधीको १२ औं खेप पठाएको छ । युध्दबाट प्रभावित युक्रेनी जनतालाई सहयोग गर्न उक्त सामान सहयोग गरिएको बताइएको छ ।

अस्ति सोमबार पठाइएको खेपमा औषधी र हेमोस्टेटिक ब्यान्डेजलगायत मेडिकल उपकरण रहेको किभस्थित भारतीय दूतावासले जनाएको छ । दूतावासले वर्तमान चुनौतिका बाबजुद भारत अझै पनि युक्रेनी जनतालाई मानवीय सहायता प्रदान गर्न प्रतिबध्द रहेको बताएको छ।

भारतले मानवीय सहायताका नाममा गत मार्च १ का दिन पोल्याण्ड हुँदै युक्रेनमा औषधी र अन्य सामग्रीको पहिलो खेप पठाएको थियो ।

भारतले पछिल्लो छ महिनामा युक्रेन र उसका छिमेकी मुलुकहरु रोमानिया,मोल्दोभा,स्लोभाकिया र पोल्याण्डमा कूल ९७ दशमलव ५ टन मानवीय सहायता सामग्रीका ११ खेप पठाइसकेको छ । ती मुलुकमा युक्रेनी शरणार्थीहरुको संख्या सबैभन्दा धेरै छ ।

टिप्पणीहरू