कर्णेल,जर्नेलहरुको बढुवा र सरुवा सँगसँगै

कर्णेल,जर्नेलहरुको बढुवा र सरुवा सँगसँगै

नेपाली सेनामा चार जना कर्णेलको बढुवा भएको छ । सहायक रथीमा बढुवासँगै उनीहरुको सरुवा पनि गरिएको छ ।

अघिल्लो मंगलबार बढुवा भएकाहरुको गत बिहीबार सरुवासमेत भएको जानकारी सैनिक सचिव विभागले सेनाको १२ वटा कार्यालय,विभाग,निर्देशनालय र हेड क्वार्टरहरुमा पठाएको छ ।

जसअनुसार सैनिक विशेष इन्टेलिजेन्स निर्देशनालयमा रहेका रञ्जित थापा सहायक रथीमा बढुवा भएपछि पूर्वी कमाण्ड हेडक्वार्टर पुगेका छन् । त्यस्तै उपत्यका कमाण्ड हेड क्वार्टरका रामचन्द्र कार्की बढुवापछि बाहिनीपति नम्बर ६ बैरेनी र उपत्यका कमाण्ड हेड क्वार्टरका अनिल सिंहलाई बढुवापछि उपत्यका कमाण्ड हेड क्वार्टरको सहायक रथीमा पदस्थापन गरिएको छ ।

उता युध्दकार्य निर्देशनालयका महासेनानी लीलाबहादुर खनाल क्षेत्रीलाई सहायक रथीको जिम्मेवारीपछि नम्बर ७, बाहिनी अड्डा खरिपाटीमा सरुवा गरिएको छ ।

अरु नौ जना सहायक रथीलाई पनि सरुवा गरिएको बताइएको छ । त्यसरी सरुवा भएका तालिम योजना तथा अभ्यास निर्देशनालयका दिपेशजंग शाहलाई नम्बर ५ बाहिनी अड्डा,सैनिक कमाण्ड तथा स्टाफ कलेजका कृष्णबहादुर जिसीलाई शोध तथा विकास महानिर्देशनालय र नम्बर ७ बाहिनी अड्डाका सहायक रथी किरण केसीलाई राष्ट्रिय सेवा दलको निर्देशक बनाइएको छ ।

सरुवा गरिएका अन्य सहायक रथीहरुमध्ये नम्बर ५ बाहिनी अड्डाका मानबहादुर महरालाई मानव अधिकार निर्देशनालयको निर्देशक,नम्बर ६ बाहिनी अड्डाका रविन्द्र केसीलाई तालिम, योजना तथा अभ्यास निर्देशनालयको निर्देशक र नम्बर २८ बाहिनी अड्डाका हिम्मतबहादुर विष्टलाई सैनिक कल्याणकारी महानिर्देशनालयमा सरुवा गरिएको पत्रमा उल्लेख छ ।

उता पूर्वी कमाण्ड हेडक्वार्टरका सहायक रथी भोलानाथ थापा सैनिक इन्टेलिजेन्स कोरमा,सोही कोरका सानुकाजी थापा नम्बर २८ बाहिनी अड्डाको बाहिनीपति र उपत्यका कमाण्ड हेड क्वार्टरका भुवनपूर्ण सत्याललाई अति विशिष्ट तथा विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयको निर्देशक बनाइएको छ ।

टिप्पणीहरू