रेडियोमा रमिता, अन्नपूर्णमा हेरफेर

रेडियोमा रमिता, अन्नपूर्णमा हेरफेर

७० बर्ष पुरानो सरकारी स्वामित्वको एकमात्र श्रव्य प्रशारण संस्था रेडियो नेपालमै प्रधानमन्त्रीलाई ‘भष्मासुर’ भन्दै प्रशारित एक अन्तर्वार्ता अन एयर गरेवापत ३२ पेजको स्पस्टिकरण बुझाउने कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले राजीनामा दिएका छन् ।

उनले हिजो जेठ २७ गते सञ्चार मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

कार्की पेशाले कानुन व्यवसायी हुन् ।

वैशाख १५ गते बेलुकीको प्रशारणमा नवराज लम्सालले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको अन्तर्वार्ता लिएका थिए ।

डा.भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘खस समुदायको मात्र पक्षपोषण गरेको’ भन्दै ‘भष्मासुर’ भनेपछि त्यसले चर्को रुप लिएको थियो ।

यो प्रकरणमा बालुवाटारबाटै कार्यकारी निर्देशक कार्कीको राजीनामा मागिएको थियो ।

त्यसबाहेक रेडियो नेपालको भैसेपाटीको जग्गा संरक्षण गर्न र आफ्नै श्रोत जुटाएर कर्मचारीलाई तलब ख्वाउन नसकेको विवादमा कार्की मुछिएका थिए ।

पहिलोपटक डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा ०६९ मंसिर १९ मा उनी कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।

०७३ मा ४ वर्षे कार्यकाल सकिएपछि उनले फेरि सोही पदका लागि आवेदन गरे ।

त्यसबेला तत्कालीन माओवादी नेता राम कार्की सञ्चारमन्त्री थिए ।

उक्त पदमा माओवादीसम्बद्ध प्रचारक्षेत्रका कार्यकर्ताले पनि आवेदन गरेका थिए ।

तर, मन्त्रीको बलमा कार्की पुनः कार्यकारी निर्देशक नियुक्त भए ।

उनको ठाउँमा नियुक्त हुन अहिले गोपाल खनाल र दिपक पाठक पनि इच्छुक रहेको बताइन्छ ।

यसैवीच अन्नपूर्ण पोस्ट दैनिकबाट प्रधान सम्पादक हरिबहादुर थापाले राजीनामा दिएको र सम्पादक अखण्ड भण्डारीको बढुवा हुन लागेको खवर छ ।

टिप्पणीहरू