पाकिस्तानलाई सहयोग गर्न ब्रिटिस स्कुलले हात अघि बढायाे

पाकिस्तानलाई सहयोग गर्न ब्रिटिस स्कुलले हात अघि बढायाे

ललितपुरको सानेपास्थित दि ब्रिटिस स्कुलले पाकिस्तान र त्यहाँका नागरिकमाथि परेको पछिल्लो प्राकृतिक प्रकोपमा सहयोग गर्न हात अघि बढाएको छ । पाकिस्तानमा हालैको बाढीले जनधनको ठूलो क्षति भएपछि ब्रिटिस स्कुलले सहयोगको निम्ति कार्यक्रम आयोजना गर्न लागेको हो ।

स्कुलले आगामी शनिबारका दिन बिहान १० देखि २ बजेसम्म गर्न लागेको कार्यक्रमबाट प्राप्त हुने रकमबाट सहयोग गर्ने उद्देश्य राखेको छ । कार्यक्रममा सबैलाई लक्षित गरेर रमाइला गतिविधि, पाकिस्तानी खाना, बेकरी आइटम, पुस्तक आदानप्रदान, बिङ्गोलगायत अन्य थुप्रै क्रियाकलाप राखिएको जनाइएको छ ।

कार्यक्रममा प्रतिनिधि बन्न र स्टल बुक गर्न चाहनेले फारम भरेर सहभागिता जनाउन सक्नेछन् । कार्यक्रममा प्रवेशका लागि प्रति व्यक्ति तीन सय रुपैयाँ तोकिएको छ । बाढीमा परेर बिचल्ली भएकालाई राहत प्रदान गर्ने उद्देश्यले कोष खडा गर्न लागिएको आयोजक पक्षले जनाएको छ ।

टिप्पणीहरू