राष्ट्रपतिद्वारा नागरिकता छोडेर सबै विधेयकमा लालमोहर

राष्ट्रपतिद्वारा नागरिकता छोडेर सबै विधेयकमा लालमोहर

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । आफूसमक्ष प्रमाणीकरणका लागि आएका पाँच विधेयकलाई लालमोहर लगाउनुभएकी उहाँले नागरिकता विधेयकमा भने कुनै निर्णय गर्नुभएको छैन ।

संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएका पाँच विधेयक संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

उनका अनुुसार मंगलबार प्रमाणीकरण गरिएका विधेयकहरुमा तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् ।तर, दुवै सदनबाट दोस्रोपटक पारित भई प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयकलाई भने राष्ट्रपति भण्डारीले लालमोहर लगाउन आनाकानी गर्दै आउनुभएको छ ।

टिप्पणीहरू