चिनियाँ सभामुखसँगको भेटवार्ता जारी

चिनियाँ सभामुखसँगको भेटवार्ता जारी

सभामुख अग्नीप्रसाद सापकोटाको निमन्त्रणामा नेपालको चार दिने भ्रमणमा आउनु भएका चिनियाँ राष्ट्रिय जनकाँग्रेस स्थायी समितिका अध्यक्ष लि चान्सुसँगको भेटवार्ता जारी छ । उहाँले केहीबेरअघि प्रधानमन्त्री शेरबहादुरसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

त्यसअघि परराष्ट्रमन्त्री डा. नारायण खड्काले पनि अध्यक्ष लिसँग भेटवार्ता गर्नुभएको हो । सभामुख सापकोटा र चिनियाँ सभामुखबीच हिजै भेटवार्ता भएको छ । आज बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सँग भेटवार्ता गर्नुभएको हो ।

उहाँले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुने बताइएको छ ।

टिप्पणीहरू