आज कोरोना संक्रमणबाट निको हुनेभन्दा संक्रमित धेरै

आज कोरोना संक्रमणबाट निको हुनेभन्दा संक्रमित धेरै

पछिल्लो २४ घण्टामा मुलुकभर २०३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पाँच हजार ५९ जनामा गरिएको नमूना परीक्षणमा उक्त संख्यामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ सय जनाको पीसीआर परीक्षणमा ८७ र ३७ सय ५९ जनाको एन्टिजेन परीक्षणमा ११६ जनामा संक्रमण पुष्टी भएको हो ।

यहि अवधिमा १२६ जना कोरोना संक्रमित निको भएका छन् । आज निको हुनेभन्दा थपिने धेरै भएपछि सक्रिय संक्रमितको संख्या दुई हजार २३२ पुगेको छ । आज कोरोना संक्रमणबाट कसैको ज्यान गएको छैन ।

टिप्पणीहरू