लमजुङका १० जनालाई डेंगुले लडायो

लमजुङका १० जनालाई डेंगुले लडायो

लमजुङमा डेंगु संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो दुई महिनामा मात्रै १० जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय लमजुङले साउनमा छ र भदौमा चार जनामा डेंगु फेला परेको बताएको छ । जिल्ला अस्पतालमा ९ जना र एक जना सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा परीक्षण गरेका उनीहरुमा डेंगु संक्रमण भेटिएको हो ।

हाल अस्पतालमा दुई जना संक्रमितको उपचार भइरहेको कार्यालयले जानकारी दिएको छ । जसमा बेंसीसहर नगरपालिकाका ४ जना,राइनास र सुन्दरबजार नगरपालिकाका २/२ जना र दोर्दी र मर्स्याङ्दी गाउँपालिकाका १/१ जना छन् ।

लमजुङमा गत वर्ष ८ जना संक्रमित देखिएका थिए ।

टिप्पणीहरू