च्याउको तरकारी खानासाथ एकै परिवारका पाँच जना निस्लोट

च्याउको तरकारी खानासाथ एकै परिवारका पाँच जना निस्लोट

दाङमा बिषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् । घर नजिक बारीमा राखिएको परालमा उम्रिएको च्याउ पकाएर खाएका उनीहरु बिरामी परेका हुन् ।

बिरामी पर्नेमा तुलसीपुर उपमहानगरपालिका- १६ ललौराका ५५ वर्षीय माघे चौधरी,विनोद चौधरी, वसन्ता चौधरी,कोपिला चौधरी र प्रभा चौधरी छन् । च्याउ पकाएर खाएलगत्तै बान्ता हुन थालेपछि हिजो राति नै स्थानीय अस्पतालमा प्रारम्भिक उपचारका लागि लगिएको थियो । हाल थप उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू