राहत सामाग्री बोकेर नेपाल एअरलाइन्सको विमान कराँची उड्यो

राहत सामाग्री बोकेर नेपाल एअरलाइन्सको विमान कराँची उड्यो

बाढी प्रभावित पाकिस्तानका नागरिकका लागि राहत सामग्री बोकेर नेपाल एअरलाइन्सको जहाज काराँचीतर्फ उडेको छ । अन्दाजी १४ टन राहत सामाग्री बोकेको कार्गो जहाज आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पाकिस्तानको राजधानी कराँचीतर्फ लागेको हो ।

इस्लामावादस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै एअरबस आरएनए २१७१/२१७२ को जहाज बाढी प्रभावित पाकिस्तानी नागरिकका लागि खाद्य सामाग्री लिएर कराँची उडेको जानकारी गराएको छ । जहाजमा औषधि, खाद्यान्न, लत्ता–कपडा, जुत्ता, ब्लाङ्केटलगायतका अत्यावश्यकीय राहत सामाग्रीहरु रहेको दूतावासले जनाएको छ ।

पाकिस्तानमा बाढी पहिरोबाट तीन करोड ३० लाख मानिस प्रभावित भएकका छन् भने लाखौँ घर क्षतिग्रस्त भएको त्यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । सरकारले गत बिहीबार राष्ट्रिय सङ्कट घोषणा गर्दै उद्धार तथा राहतका लागि अन्तराष्ट्रिय सहयोगको अपील गरेको थियो ।

टिप्पणीहरू