शम्भु अमेरिका प्रस्थान,२ महिनालाई कमाण्डर तोकिए विश्वमणि

शम्भु अमेरिका प्रस्थान,२ महिनालाई कमाण्डर तोकिए विश्वमणि

समाजवादी प्रेस संगठनका अध्यक्ष तथा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ दुई महिने व्यक्तिगत भ्रमणका लागि मंगलबार अमेरिका प्रस्थान गरेका छन् ।

मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट समानुपातिक उम्मेदवारका रुपमा प्रस्तावित उनले संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीलाई चुनावी सन्दर्भमा देशभरिको सम्पूर्ण सांगठानिक कमाण्ड सम्हाल्ने गरी कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको जनआस्थालाई बताए । मंगलबार नै संगठनको सचिवालय बैठक बोलाई चुनावी योजना तथा सांगठानिक कामलाई अगाडि बढाउन आफूले निर्देशन दिएको भन्दै श्रेष्ठले कात्तिक अन्तिम साता आफू स्वदेश फर्किने बताए । अमेरिकामा अध्ययनरत छोरीको निमन्त्रणामा उनी पत्नीसहित मंगलबार बिहानको उडानमा त्यता गएका हुन् ।

टिप्पणीहरू