माननीय चन्दा चौधरीका चालकको गएराती बालकोटमा आत्महत्या

माननीय चन्दा चौधरीका चालकको गएराती बालकोटमा आत्महत्या

प्रतिनिधिसभामा राजपाका समानुपातिक सांसद तथा केपी ओली सरकारकी १८ दिने महिला,बालबालिका मन्त्री चन्दा चौधरीका चालकले हिजो साँझ भक्तपुरमा पासो लगाएका इहलीला समाप्त गरेका छन् । यसरी आत्महत्या गर्ने सशस्त्र प्रहरी सहायक हवल्दार सुसन बिष्ट हुन् जसले भक्तपुरको बालकोटनजिकै पासो लगाएका थिए ।

हिजो साँझ उनी सूर्य विनायक नगरपालिका-२ बालकोटस्थित धारापाटी नजिकै रञ्जित थापाको घरको कोठामा पासो लगाएको अवस्थामा फेला परेको प्रहरी अभिलेखमा देखिन्छ । प्रहरीका अनुसार काठमाडौं साँखुका स्थायी वासिन्दा ३३ वर्षे बिष्ट माननीय चौधरीका चालक पनि हुन् ।

उनको शव पोष्टमार्टमको निम्ति अस्पताल लगिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू