सिमानामा थप कहाँ सतर्कता ?

सिमानामा थप कहाँ सतर्कता ?
नेपाल सरकार, अर्थ मन्त्रालयले आफू मातहत १११ वटा छोटी भन्सार कार्यालयहरुको नाममा रहेमध्ये ९० ठाउँका  जग्गा  र भवन सशस्त्र प्रहरीका बोर्डर आउटपोस्टका निम्ति दाखिल खारेज गरिदिएको छ । साथै ती स्थानको अवस्था,भवन मर्मत तथा ब्यवस्थापननिम्ति लागत अनुमानसमेत माग गरिएको छ ।  लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा हस्तक्षेपकारी भारतीय हठ बढेपछि चीनतर्फ मात्रै नभै दक्षिणी  सीमामा समेत झन बढी सशस्त्र प्रहरी बलको बोर्डर आउटपोष्ट (बीओपी) थप्नुपर्ने अवस्था आइलागेको हो ।
अब सरकारले छिट्टै नै भारतसँगको सीमानजिकै ९० स्थानमा बीओपी स्थापना गर्ने छ । हालसम्म १ सय २३ स्थानमा बोर्डर पोष्ट स्थापना भएको र यो वर्षभित्र २ सय २१ पुर्याउने लक्ष्य छ । अर्थको जेठ २१ गतेको निर्णयमा ‘भविष्यमा व्यापारिक नाकाको रूपमा विकास हुँदा वा अन्य अवस्थामा भन्सारले समेत प्रयोग गर्न कुनै बाधा सिर्जना नहुनेगरी ९० वटा छोटी भन्सार कार्यालयको भवन तथा जमिन मात्र प्रयोग गर्न दिने’ उल्लेख छ ।
निर्णयानुसार पशुपति भन्सार कार्यालयअन्तर्गतका आठ वटा (मानेभञ्ज्याङ,तुम्लिङ्ग,छबिसे,छिरुङ्ग,मेमङ्ग,च्याङ्ग्थापु,बन्दुके र माइमझुवालगायत), मेची भन्सार कार्यालयअन्तर्गतका तीन वटा(गाडागल्ली,सतिघटा,महाभारा), भद्रपुर भन्सार कार्यालय (पाठामारी र पन्थपाडा) अन्तर्गतका दुई वटा छोटी भन्सार कार्यालयमा अब छिट्टै बीओपी बस्नेछ । त्यसैगरी, बिराटनगर भन्सार कार्यालयअन्तर्गतका पाँच वटा (मायागन्ज, डोरिया, घुनीबारी, चौकीघाट र नारिगा), सुनसरी भन्सार कार्यालयअन्तर्गतका दुई वटा (कौवाखोज र सिसुवालाही), राजविराज भन्सार कार्यालयअन्तर्गत (कुशाहापातो, गोविन्दपुर, बेल्ही, लोदरकट्टी, स्वर्णापट्टी र हनुमाननगर) का छ वटा र सिरहा भन्सार कार्यालयअन्तर्गतका दुई वटा (शिखाज्योती र औरही)छोटी भन्सार कार्यालयमा पनि सशस्त्रको पोष्ट राखिने छ ।
ठाँडी भन्सार कार्यालयअन्तर्गतको एउटा (कचनारी, नरङ्गी), जनकपुर भन्सार कार्यालयअन्तर्गतका पाँच वटा (भडरिया,महिनाथपुर,खजुरी स्टेशन,बैदेही र कठाल) चारवटा, जलेश्वर भन्सार कार्यालयअन्तर्गतका (सिसवा कटैया,बथनाहा,पोखराभिण्डी र रघुनाथपुर), सर्लाही भन्सार कार्यालयअन्तर्गतका चार वटा (धर्मपुर, पर्सा, सङ्ग्रामपुर, बारा), गौर भन्सार कार्यालयअन्तर्गतका दुई वटा (रामपुर खावे र मठिया), वीरगञ्ज भन्सार कार्यालयअन्तर्गतका आठ वटा (सिम्रौनगढ, सिर्सिया, अलौ, कबडी, कचोर्वा, पिपरपाटी, जानकीटोला, गाड्प्रसौनी), महेशपुर भन्सार कार्यालयअन्तर्गतका तीन वटा (पर्सौनी, भुजहवा, बिष्णुपुरा), भैरहवा भन्सार कार्यालयअन्तर्गतका (थुमुवा, बुच्चीबरेवा, अमुवा, मन्झरिया, बेथरी) पाँच वटा छोटी भन्सार कार्यालयमा पनि बीओपी स्थापना हुने छ ।
त्यसैगरी, सुनौली भन्सार कार्यालयअन्तर्गतका (रङ्गपुर,गौरा,दोहेनी) तीनवटा, कृष्णनगर भन्सार कार्यालयअन्तर्गतका चार वटा (भिल्नी, हरिपुर, कुशाहा, बाणगङ्गा), कोइलाबास भन्सार कार्यालयअन्तर्गत(देचङ्गवा) को एउटा, नेपालगञ्ज भन्सार कार्यालयअन्तर्गतका (साइगाउँ, भगवानपुर, भघोटोना, खडैचा, उदरापुर र सुइयाबघौडा) छ वटा, राजापुर भन्सार कार्यालयअन्तर्गतका (टपरा, धनौरा, छेदापुर, गणेशपुरा, पडरिया, कोठियाघाट) छ वटा, सती भन्सार कार्यालयअन्तर्गत (सोनाफाटा) को एउटा, कैलाली भन्सार कार्यालयअन्तर्गतका (परासन, केनरी, घुइयाफाट) तीन वटा, कञ्चनपुर भन्सार कार्यालयअन्तर्गतको एउटा (पचुइ), महाकाली भन्सार कार्यालयअन्तर्गतका दुई वटा(धर्माघाट, ब्यासछाङ्ग्रु) र दार्चुला भन्सार कार्यालयअन्तर्गतका (टिँकर, झोलुङ्गेबगर र दत्तु) तीन वटा छोटी भन्सार कार्यालयमा सशस्त्रको बीओपी स्थापना हुने पक्कापक्की भएको हो ।

टिप्पणीहरू