बहराइनको राजपरिवार काठमाडौंमा

बहराइनको राजपरिवार काठमाडौंमा

बहराइनबाट त्यहाँको राजपरिवारका सदस्यसहितको टोली नेपाल भ्रमणमा आएको छ । अलि अब्दुल्लाह खलिफा याकुबको नेतृत्वमा तीन सदस्यीय टोली बिहान सवा ८ बजे फ्लाई दुबईको उडानमा काठमाडौं आएको हो ।

उक्त उडानमा बहराइनको प्रतिष्ठित इसा अवार्डसँग सम्बन्धित पदाधिकारीहरु रहेको बताइन्छ । याकुब मानवतासम्बन्धी सेवामा समर्पितहरुलाई प्रदान गरिने उक्त अवार्डको काउन्सिल सदस्य तथा महासचिव हुन् । उनी राजपरिवारका सदस्य समेत रहेको बताइन्छ ।

त्यसैगरी उक्त काउन्सिलका सदस्य तथा इसाको बोर्ड ट्रस्टी मेम्बर रहेका डा. मोहम्मद अलि मोहम्मद अलखोजाइ र उक्त काउन्सिलका अर्का बोर्ड ट्रस्टी मेम्बर तथा त्यहाँका राजाको कानुनी सल्लाहकार डा. अरेफ अब्दुल्लाह रहमान अलि अलाब्दुल्करिम पनि टोलीमा छन् ।

टिप्पणीहरू