चिनियाँ नेता र सभामुख सापकोटाबीच ६ बुँदे समझदारी

चिनियाँ नेता र सभामुख सापकोटाबीच ६ बुँदे समझदारी

नेपाल र चीनबीच ६ बुँदे समझदारी भएको छ । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु र सभामुख अग्निप्रसाद सापकोटाले आज समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ ।

आज अपरान्ह नेपाल आइपुग्नु भएका अध्यक्ष ली सभामुख सापकोटासँग शिष्टाचार भेटका लागि संघीय संसद भवन नयाँ बानेश्वर पुग्नुभएको थियो । सोही क्रममा उहाँहरुबीच उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल र चीनबीच अन्तर संसदीय सहयोग आदान–प्रदान हुने उल्लेख छ ।

तीन दिने नेपाल भ्रमणका लागि ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौँ ओर्लिनुभएका लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग भेट गर्ने कार्यक्रम छ ।

यस्तो छ ६ बुँदे सम्झौता :

टिप्पणीहरू