नक्कली पेस्तोल देखाएर तीन वटा आइफोन लुटियो

नक्कली पेस्तोल देखाएर तीन वटा आइफोन लुटियो

राजधानीमा अनलाइनबाट मोबाइल खरिद गर्ने बहानामा छिरेका दुई जनाले नक्कली पेस्तोल देखाएर तीन थान आईफोन लुटेका छन् । हिजो दिउँसो बानेश्वरको कात्यायनी मन्दिर नजिकै कपिल श्रेष्ठको केएस मोबाइल पसलमा लुटपाट भएको बताइन्छ ।

बाल सुन्दर सापकोटासहित दुई जनाले आफूहरुलाई प्रहरी भन्दै नक्कली पेस्तोल देखाएर तीन थान आइफोन लुटेका हुन् । प्रहरीको अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हिजै बेलुकी सोही मन्दिर नजिकैबाट लुटिएको मोबाइल तीन थान, नक्कली पेस्तोल दुई थान र गोली पाँच थानसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका सापकोटा र अर्जुन कार्कीलाई डाँका कसुरमा कानूनी कारबाहीको निम्ति प्रहरी वृत्त बानेश्वर पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन् ।

टिप्पणीहरू