चिनियाँ सभामुखको टोलीमा विभिन्न निकायका अरु को- को ?

चिनियाँ सभामुखको टोलीमा विभिन्न निकायका अरु को- को ?

नेपालको चार दिने भ्रमणमा हिजो दिउँसो काठमाडौं आइपुग्नुभएका चिनियाँ राष्ट्रिय जनकाँग्रेस स्थायी समिति अध्यक्ष लि चान्सुले औपचारिक भेटवार्ता थाल्नुभएको छ । उहाँले हिजै साँझ नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट र रात्रिभोजन गर्नुभएको छ ।

आज बिहान पुनः संसद भवनमा भेटवार्तालगायतको कार्यक्रम राखिएको छ ।

विशेष विमानमा बोइङ्ग ७४७ मा ६७ जना र कूल ९६ जनाको प्रतिनिधिमण्डल सदस्यको नेतृत्व गर्दै आउनुभएका अध्यक्ष चान्सु चिनियाँ संविधानअनुसार राष्ट्रपति सि जिनपिङपछि दोस्रो वरियताका सरकारी पदाधिकारी हुनुहुन्छ ।

टोलीमा छ जना मन्त्रीस्तरका प्रतिनिधि रहनुभएको संसद सचिवालय स्रोतले बताएको छ । जसमा राष्ट्रिय जनकाँग्रेस स्थायी समितिका महासचिव याङ चनउ,सँसदको अनुगमन र न्यायिक समितिका अध्यक्ष वु युलियाङ्ग,आर्थिक मामिला समितिका अध्यक्ष सु साओसी,बिदेश मामिला समितिका अध्यक्ष चाङ्ग येसुइ हुनुहुन्छ । त्यसध्ये नेपालका लागि चिनियाँ राजदूत हौ यान्छी र विदेश मन्त्रालयका सहायक मन्त्री उ चियाङहाओसहित जनकङ्ग्रेसका उपमहासचिव हु सियाओली,रिसर्च अफिसका अध्यक्ष सोङ्ग रुइ,केन्द्रीय सुरक्षा ब्यूरोका उपमहानिर्देशक चाओ फङ्ग,सभामुखका पिए हुआङ्ग चाओछुन,जनसँसदका प्रधान सम्पादक वाङ्ग याङ,वाणिज्य मन्त्रालयअन्तर्गत एशियाली मामिला बिभागका महानिर्देशक याङ्ग वेइछुन पनि रहनुभएको बताइन्छ ।

टोलीमा राष्ट्रिय जनकाँग्रेस र स्थायी समितिका कर्मचारीहरु २८ जना, सुरक्षा निकाय र मेडिकल डाक्टर छ जना र पत्रकार तीन जना पनि सामेल छन् ।

टिप्पणीहरू