नेपालको कुरो भन्न भारतीय राजदूत नयाँ दिल्लीमा

नेपालको कुरो भन्न भारतीय राजदूत नयाँ दिल्लीमा

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव नेपालको पछिल्लो विकसित घटनाक्रमबारे जानकारी गराउन राजधानी नयाँ दिल्ली जानुभएको छ । उहाँ नियमित प्रतिवेदन बुझाउन हिजो भारत जानुभएको दूतावास स्रोतले बताएको छ ।

राजदूत श्रीवास्तव भिस्तारा एयरको उडानबाट हिजो अपरान्ह सवा ५ बजे त्यसतर्फ प्रस्थान गर्नुभएको हो । हिजै भारतीय पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन पनि नयाँ दिल्ली फर्कनुभएको छ ।

उहाँ शुक्रबार नेपाल आउनुभएको थियो । मेनन हिजो दिउँसो नेपाल वायुसेवा निगमको उडानबाट दिउँसो साढे १ बजे स्वदेश फर्कनुभएको स्रोतले बताएको छ ।

टिप्पणीहरू