अमेरिकी राजदूत जंगी अड्डामा

अमेरिकी राजदूत जंगी अड्डामा

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी आज सेनाको मुख्यालय, भद्रकाली पुग्नुभएको छ । राजदूत बेरीले जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्नुभएको सेनाले जनाएको छ ।

कार्यकाल पूरा गरेर जान लागेका राजदूतलाई प्रधान सेनापति शर्माले सफल कार्यकालको निम्ति बधाई र सुखद् भविश्यको निम्ति शुभकामना दिनुभएको हो ।

बेरीलाई अमेरिकी सरकारले नामिबियाको निम्ति नयाँ राजदूतमा नियुक्त गरिसकेको छ ।

टिप्पणीहरू