बैंकिङ कसुर मुद्दाका फरार अर्का प्रतिवादी पनि समातिए

बैंकिङ कसुर मुद्दाका फरार अर्का प्रतिवादी पनि समातिए

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पाँच महिनापछि समातिएका छन् । पर्वत घर भई हाल काठमाडौं महानगरपालिका–१६, नयाँबजार बस्ने ३५ वर्षीय इन्द्रबहादुर कुँवर बैंकिङ कसुर मुद्दामा पक्राउ परेका हुन् ।

कुँवरले बैंक खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै पनि पीडितलाई झुक्याएर चेक दिएका थिए । तर चेकबाट रकम भुक्तान हुन नसकेपछि कुवँरविरुद्ध उच्च अदालत पाटनमा दायर भएको मुद्दामा जरिवानाको फैसला भएको हो ।

उनीमाथि गत वैशाख २ गते बैंकिङ कसुर मुद्दामा २५ दिन कैद र ६१ लाख ५४ हजार ८ सय ७५ रूपैयाँ जरिवानाको फैसला सुनाइएको थियो । फैसलालगत्तै फरार भएका कुँवरलाइ हिजो काठमाडौं महानगरपालिका–११ सुन्धाराबाट पक्रिएको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले जनाएको छ ।

उनलाई फैसला कार्यान्वयनको निम्ति जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशपछि उक्त कैद भुक्तानको निम्ति कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।

टिप्पणीहरू