ढोका खोल्न त्रिभुवन विश्वविद्यालयको हारगुहार, निराशा आक्रोशमा परिणत हुने चेतावनी

ढोका खोल्न त्रिभुवन विश्वविद्यालयको हारगुहार, निराशा आक्रोशमा परिणत हुने चेतावनी

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले केन्द्रीय कार्यालयमा लगाइएका ताला खोलिदिन सहयोग मागेको छ । विश्वविद्यालयका १३ वटा महाशाखा प्रमुखले संयुक्त विज्ञप्ति जारी गर्दै त्रिविका केन्द्रीय कार्यालयलगायत विभिन्न निकायमा लगाइएका ताला खोली आर्थिक तथा प्रशासनिक कार्य सुचारु गर्ने कार्यमा सहयोग पुर्याइदिन सम्बन्धित सरोकारवालासँग आग्रह गरेको छ ।

त्रिविलाई थप धरासायी हुनबाट रोक्नुपर्ने भन्दै उनीहरुले विश्वविद्यालयलाई इतिहासको पानामा सीमित हुनबाट जोगाउन सम्बन्धित सरोकारवालाहरुको पनि उत्तिकै भूमिका हुने बताएका छन् । महाशाखा प्रमुखहरुले हालको असहज परिस्थितिको अन्त्य गरी शैक्षिक, आर्थिक तथा प्रशासनिक कार्य निर्धक्क र सहज रुपमा सञ्चालनको वातावरण बनाउन वार्ताको माध्यमद्वारा समस्याको दिगो समाधान दिन सकिने उल्लेख गरेका छन् ।

उनीहरुले असारदेखि शिक्षक र कर्मचारीहरुको तलबभत्ता रोकिएको गुनासो समेत गरेका छन् । बडादशैंलगायत महान चाडपर्वहरुको पूर्व सन्ध्यामा तालाबन्दीका कारण विश्वविद्यालयका निवृत्त शिक्षक तथा कर्मचारीहरुले पेन्सन पाउन नसकेको विषय पनि समेटिएको छ । महाशाखा प्रमुखहरुले शिक्षक, कर्मचारी र सम्पूर्ण सेवाग्राहीको मर्म र निराशालाई समयमै सम्बोधन नगरे उक्त निराशा आक्रोशमा बदलिन सक्ने चेतावनी दिएका छन् ।

टिप्पणीहरू