संक्रमित र निको हुनेको संख्या उस्तै, एक जना बिते

संक्रमित र निको हुनेको संख्या उस्तै, एक जना बिते

पछिल्लो २४ घण्टामा मुलुकभर १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चार हजार नौ सय ५९ जनामा गरिएको नमूना परीक्षणमा उक्त संख्यामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६ सय जनाको पीसीआर परीक्षणमा १२७ र २३ सय ५९ जनाको एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टी भएको हो । यो अवधिमा १७१ जना कोरोना संक्रमित निको भएका छन् ।

आज एक जनाको ज्यान गएको छ । योसँगै मुलुकभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १५ पुगेको छ । हाल दुई हजार २७१ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

टिप्पणीहरू