एमाले अध्यक्षलाई कालो झण्डा

एमाले अध्यक्षलाई कालो झण्डा

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज कालो झण्डा देखाइएको छ । उहाँलाई जनकपुरमा कालो झण्डा देखाइएको छ ।

अध्यक्ष ओली आज जनकपुरमा आयोजना गरिएको अन्य दलका नेता तथा कार्यकर्ताको पार्टी प्रवेश तथा बुद्धिजिवी परिषद्को प्रथम मधेश अधिवेशनमा सहभागी हुन जानुभएको हो । उहाँलाई नागरिकता नपाएका युवाले कालो भण्डा देखाउने प्रयास गरेको बताइएको छ ।

जनकपुर विमानस्थलबाट तिरुहुतीया गाछीमा बनाइएको सभास्थल जाने क्रममा क्याम्पस चोक अगाडि नागरिकताविहीन युवाहरूले कालो झण्डा देखाएका थिए । कालो झण्डा देखाएका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ ।

टिप्पणीहरू